सांसदहरुलाई कांग्रेसको निर्देशन, ‘असोज ३ गतेसम्म काठमाडौं नछाड्नु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८१, बिहीबार ०६:०१

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । आज (बुधबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन पठाएका हुन् ।

‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ । बाहिर भएकाहरुलाई पनि तत्काल काठमाडौं फर्किन भनिएको छ,’– कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले रिपोर्टर्स नेपालसँगको कुराकानीमा भने ।

नेता खतिवडाले केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताए । तर, सत्तारुढ दलहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने तयारी गरिरहेका छन् । उपसभामुख रानालाई महाअभियोग लगाउने विषय अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।

आज विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाले पदको गरिमा जोगाउन नसकेको निश्कर्ष निकालेको थियो । उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसको अडान छ । उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाएर भएपनि हटाउने तयारीमा सत्तारुढ दलहरु रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१