कागेश्वरी मनोहरा नगरपालिकाले आज दियो सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८१, बुधबार ०६:२६

काठमाडौं  । कागेश्वरी मनोहरा नगरपालिकाले आज  सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वकाअवसरमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले एक सूचना जारी गर्दै ‘कागे अष्टमी’ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

नगरपालिकाको वडा नम्बर-१ मा रहेको कागेश्वरी धाममा भाद्र शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष भब्य मेला लाग्ने गर्दछ । सो पर्वकाअवसरमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो । साथै उक्त मेलामा सहभागी भै भब्य रुपमा सफल पार्न सहयोग गर्न नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।

यस्तो छ धार्मिक विश्वास

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइन्छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।

यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१