लुम्बिनीका वनमन्त्री कुर्मीलाई राजीनामा दिन देउवाको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८१, मंगलवार ०६:२२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि दबाब थेग्न नसक्ने र यसले पार्टीलाई गम्भीर क्षति पुग्ने निश्कर्षसहित देउवाले कुर्मीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।

देउवाको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशव्यापी रुपमा नराम्रो सन्देश प्रवाह भएको भन्दै कुर्मीलाई राजीनामा दिन भनेको उच्च स्रोतको दाबी छ । कुर्मीले भने भोलि नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।

कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ। मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन कायमै छ। कुर्मीकै कारण कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धनको आलोचना सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१