जनप्रतिनिधिबाट जीतपुरसिमराका कर्मचारीलाई सुरक्षा थ्रेट ! पेन डाउन गरेर थाले आन्दोलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार १६:३४

बारा । जनप्रतिनिधिबाट सुरक्षा थ्रेट भएको भन्दै जीतपुरसिमराका कर्मचारीले आन्दोलन थालेका छन् ।
जनप्रतिनिधिबाटै कर्मचारीमाथि असुरक्षा बढ्दै गएको यसले सेवाप्रवाहमा कमजोर र कठिन हुदै जाने गएको भन्दै सुरक्षाको प्रत्याभूती नभएसम्मको लागि अत्यावश्यक सेवा बाहेक सबै काम बन्द गर्ने भएका हुन् ।

जनताको सेवा निर्वाध रुपमा गरिरहेका कर्मचारीलाई विभिन्न बाहानामा काम गर्न अवरोध गर्ने, धम्काउने तथा संगठित रुपमा योजनावद्ध रुपमा अमर्यादित दुव्र्यवहार गर्ने कार्य भईरहेको वडा सचिव झलक भट्टराई बताउँछन् ।

कर्मचारीलाई पेन डाउन गरेर भोलीबाट आन्दोलन थालेको मेयर राजन पौडेललाई पत्र बुझाएर जानकारी समेत गराएका छन् । उनीहरुले प्रमुख प्रशासकिय अधिकृत माथी दुव्र्यवहारको घटनाप्रति आपत्ति जनाएका छन् । कानून बमोजिम भएको सचिव सरुवाको विषयमा वडा अध्यक्षहरुले दोहोरो चरित्र देखाएको बताएका छन् । वडामा सरुवा भएर गएका सचिवलाई हाजिर नगराउने अनि काम प्रभावित भएको भनेर आरोप लगाउने कार्य भएको उनीहरुको भनाई छ ।

मेयर पौडेलले कानूनी व्यवस्था अनुसार जिम्मेवारी पूवर्क सबैले आफ्नो काम गर्नुपर्ने भन्दै काम गर्ने वातावरण बनाउन आफुले पहल गर्ने भन्दै सुरक्षा व्यवस्था समेत मिलाउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१