गर्भवती भएको बेला यसरी गर्नुस् सेक्स, यस्तो छ तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार १६:३१

काठमाडौं । गर्भवती भएको बेलामा सेक्स गर्नु कत्तिको उपर्युक्त हुन्छ ? यो धेरैको जिज्ञासाको पाटो हो । यौन दाम्पत्य जीवनमा निक्कै महत्वपूर्ण छ । तर, महिलाको एक जटिल अवस्था हो गर्भावस्था । जसलाई सन्तान जन्माउने अवस्था पनि भनिन्छ । महिलालाई श्रृष्टिकर्ता पनि भनिन्छ । त्यसमा पुरुषको पनि उत्तिकै भूमिका हुन्छ ।

गर्भवती अवस्थामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन वा हुने भए कसरी गर्ने भनेर धेरै अलमलमा देखिन्छन् । तर चिकित्सकहरु भन्छन् वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनु हुँदैन ।

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे चिकित्सकले दिएका केही टिप्स यसप्रकार छन् ।

एकै दिशामा सुतेर यौनसम्पर्क गर्नेः
स्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।

मुख मैथुनको प्रक्रियाः
स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पूरा गर्ने सबैभन्दा उत्तम माध्यम हो मुख मैथुन ।
हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्‍याउन सक्छ ।

महिला माथि चढ्ने आसनः
महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ ।

स्वान आसनः
यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।

कैंची आसनः
यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् ।
यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।

पुरुष तल बसेरः
यो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा फर्किएका हुन्छन् । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।

यसरी यौनसम्पर्क गर्दा पेटमा रहेको बच्चा र गर्भवती आमालाई कुनै असर गर्दैन । चिकित्सकका अनुसार यस्तो बेला संयमता पूर्वक यौनसम्पर्क गर्दा जीवनकै उच्च सन्तुष्टि प्राप्त गर्न सकिने छ ।

समग्रमा सरल र सहज तरिकाबाट चाहेको बेला लोग्ने स्वास्नीले सेक्स गर्नु वैज्ञानिक कुरा पनि हो । तर यस्तो बेला सेक्स गर्दा कुनै जेल प्रयोग गर्नु भने हुदैन ।

यसले भ्रूण र आमा दुबैमा एलर्जी पैदा गर्ने संभावना विद्यमान रहेको हुन्छ । –एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१