कसरी समाधान गर्ने शिघ्रस्खलनको समस्या?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७१, शनिबार ०७:४८
शीघ्रस्खलन धेरैजसो पुरुषलाई हुने समस्या हो । एकतिहाइ पुरुषले १८ देखि ५९ को उमेरभित्र यस्तो समस्या भोग्ने गरेको अध्ययनहरूले देखाएका छन् । उनीहरूका अनुसार आफ्नो यौनसाथीसँगको यौन सम्पर्कलाई लम्ब्याउन चाहँदा-चाहँदै पनि शीघ्रस्खलन हुने गरेको छ। यो कुनै वंशानुगत बिरामी होइन, तर जसले यसको सामना गरेको हुन्छ उसलाई निकै तनाव हुन्छ र पार्टनरको छट्पटी हेर्न निकै गाह्रो हुन्छ।
यसका लागि सजिला उपायहरू पनि छन्। तिनको अभ्यास गर्नासाथ समस्या हल भैहाल्छ। समाधानका लागि मैले पहिले केही उपाय उल्लेख गरेकी थिएँ। यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्रस्खलन केही समय रोक्ने एउटा महत्त्वपूर्ण बिधि हो। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ।
यो विधिलाई युरोलोजिस्ट डाक्टर सिमेनले सिफारिस गरेका हुन। यो टेक्निकमा दुवै पार्टनरको सहभागिता हुनुपर्छ। यसअन्तर्गत लिंग उत्तेजना हुन लागेको समयमा केही क्षण सम्पर्क रोक्ने अनि फेरि सम्पर्क गर्ने र त्यसलाई केही समय दोहोर्‍याउने। बढी संवेदनशील भागतर्फभन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलनलाई रोक्न सकिन्छ।
यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ। यसरी अभ्यास गर्दा कतिपय पुरुषको शीघ्रस्खलन रोक्न सक्ने क्षमता विकसित हुन्छ। अर्को विधिलाई स्कुइज टेक्निक भनिन्छ। यसअन्तर्गत अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्दा पार्टनरमध्ये एक जनाले लिङ्गको टुप्पो समाउने र शीघ्रस्खलन रोक्ने प्रयास गर्नुपर्छ। यो विधिलाई पनि केही समय दोहोर्‍याउने अनि मात्र स्खलन गराउने।
कतिपय पुरुषले यसलाई प्रभावकारी भएको माने पनि कतिपयका लागि यो प्रभावकारी नहुन सक्छ, त्यसैले उनीहरूले थप उपचारमा ध्यान पुर्‍याउनुपर्छ। यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावघि औसतमा ३ देखि ७ मिनट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ।
शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणचाहिँ यौनका विषयमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका डर-त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन, केही क्षण अगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ।
यस्तो बेला शीघ्रस्खलन हुन सक्छ। यौन अंग बढी नै संवेदनशील भए पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन-अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन। अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन्। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग उत्तेजित कम मात्रामा हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म तथा शीघ्रस्खलनको पनि सम्बन्ध छ।
हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएका छन्। यसका लागि भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ। यौनसम्पर्क एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ।
त्यतिबेला भने महिलालाई केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो। खासमा शीघ्रस्खलनले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौन असन्तुष्टि भैरहेको हुन्छ। तपाईंको सन्दर्भमा यदि धेरै उपाय अपनाउँदा पनि समस्या हल नभएको हो भने त्यो मनोवैज्ञानिक समस्या हुन सक्छ, त्यसैले मनोविद् वा मनोचिकित्सकसँग भेटेर थप उपचार खोज्नु उपयुक्त हुन्छ। #साप्ताहिक बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१