सुन्दरीजल घटना : युवतीकाे परपुरुषसँग सम्बन्धको आशंकाले प्रेमीले नै गरे हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार १६:२४

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा उनकै प्रेमीले युवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको

उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो। अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो।

युवतीकाे अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको एसपी नवराज अधिकारी जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१