वन्यजन्तु मार्न आदेश दिने देश !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार ०५:५८

काठमाडाैं । अफ्रिकी देश नामिबिया अहिले चरम खडेरीको सामना गरिरहेको छ । यहाँ महिनौँदेखि पानी परेको छैन । खडेरीका कारण राष्ट्रिय अभयारण्यमा भएका वन्यजन्तुलाई मार्ने आदेश दिइएको छ । सरकारको निर्देशन अनुसार पेसागत सिकारीले हात्ती, मृग, भैँसी, जेब्रालगायत करिब सात सय वन्यजन्तु मार्नेछन् । पानीको अभावमा पशुपन्छी पनि तिर्खाले मर्न सक्ने सरकारको भनाइ छ। यस्तो अवस्थामा केही जनावरलाई आफैँ मार्दा अन्य जनावरहरूको बाँच्ने सम्भावना बढ्छ।

खडेरी प्रभावित गाउँमा हालसम्म १५० जनावर मारिसकिएका छन् भने ५७ टन मासु वितरण गरिएको छ । देशको वातावरण मन्त्रालयका अनुसार देशको आधा जनसङ्ख्या अर्थात् करिब १४ लाख जनता खानेपानीको चरम सङ्कटमा छन् । लगातारको खडेरीका कारण केही महिनाअघि नामिबियालगायत जाम्बिया, जिम्बाब्वे र मलावीले आपतकालको घोषणा गरेका थिए ।

नामिबियामा मानव र जनावरहरूको सहअस्तित्वका लागि काम गर्ने एलिफ्यान्ट-ह्युमन रिलेसन एड (ईएचआरए) जस्ता गैर-लाभकारी संस्थाहरूले सरकारको कदमको आलोचना गरिरहेका छन्। उनीहरूका अनुसार नामिबियाको इतिहासमा वन्यजन्तुको यो सबैभन्दा ठुलो नरसंहार हो । यस क्रममा इएचआरएले सरकारले शौकिन सिकारीलाई जनावर मार्ने बाटो खुला गरेको आरोप लगाएको छ । सरकारले यो आरोप स्वीकार गरे पनि आफ्नो प्रतिरक्षामा के तर्क गरेको छ छ भने यो निर्णयबाट सरकारलाई लगभग ५ लाख युरो आम्दानी हुनेछ जसले नामिबियाको राष्ट्रिय निकुञ्जहरूमा पानीको व्यवस्थालाई सुधार गर्नेछ।

ईएचआरएले सरकारको यो कदमलाई राजनीतिसँग पनि जोडेको छ । सत्तारुढ स्वापो पार्टीका अधिकांश मतदाता ग्रामीण क्षेत्रमा रहेको सङ्गठनको आरोप छ । मंसिरमा हुने राष्ट्रपति र संसदको निर्वाचनमा समर्थन जुटाउन उनीहरूले मासु बाँडिरहेको प्रतिपक्षीहरूको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१