किशोर किशोरीहरूमा कन्डमको प्रयोगमा उल्लेखनीय गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार ०५:५३

काठमाडाैं । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनको (WHO) क्षेत्रीय कार्यालयको नयाँ रिपोर्टअनुसार सन् २०१४ देखि युरोपेली किशोर किशोरीहरूमा कन्डमको प्रयोगमा उल्लेखनीय गिरावट आएको छ, जसले गर्दा यौन सञ्चारित सङ्क्रमणहरूमा “डरलाग्दो वृद्धि” भएको छ।

यो प्रतिवेदन तयार गर्न सन् २०१४ देखि २०२२ सम्म युरोप, मध्य एसिया तथा उत्तर अमेरिकाका ४२ देशका १५ वर्षभन्दा माथिका करिब २.५ लाख किशोर किशोरीहरूको राय लिइएको थियो। यो सर्वेक्षणको नतिजा अनुसार केटा र केटी दुबैमा कण्डमको प्रयोगमा कमी आएको छ ।

सर्वेक्षण रिपोर्ट अनुसार सन् २०२२ मा ६१ प्रतिशत किश‍ोर तथा ५७ प्रतिशत किशोरीले अन्तिम यौन सम्पर्कको समयमा कण्डम प्रयोग गरेका थिएनन् । सन् २०१४ मा त्यस्ता किशोरहरूको अनुपात ७० प्रतिशत र किशोरीहरूको अनुपात ६३ प्रतिशत थियो । यसबाहेक, यो सर्वेक्षणमा लगभग ३० प्रतिशत किशोरले आफ्नो अन्तिम सेक्सको समयमा कन्डम वा गर्भ निरोधक चक्की प्रयोग नगरेको बताए। प्रतिवेदनले के पनि उजागर गरेको छ भने कम आय भएका परिवारका युवा किशोर – किशोरीहरूले कन्डम वा गर्भ निरोधक चक्कीहरू प्रयोग गर्ने सम्भावना कम छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१