माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८१, आईतवार ०५:४०

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतको दाबी छ । दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेको जनाईएको छ ।

अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन् । पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताईएको छ । पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले त पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन् ।

आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए । पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको पार्टी विभाजनको लागि सक्रिय भूमिका खेलिरहेका ती सांसदले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले भने,”हामी लगभग अन्तिम तयारीमा छौं । आधाभन्दा बढि सांसद एक ठाउँमा उभिएका छौं । १५० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसक्नुभएको छ। अब विभाजनलाई औपचारिकता दिनमात्रै बाँकी छ । एक दुई दिनभित्रै ऋषिजीले समाचार थाहा पाउनुहुन्छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१