जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८१, शुक्रबार ०५:५७

काठमाडौ । सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ । नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ ।

‘जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । जिबीबारे केही पत्तो नलागेन । उहाँहरु हिजो (बुधबार) फर्किनुभयो,’– एक प्रहरी अधिकारीले बताए ।

सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१