नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनको तीज बिशेष दर कार्यक्रम भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८१, बिहीबार ०९:३३

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसन नेपालले तीज बिशेष दर कार्यक्रम सम्पन्न गरेको छ । बुधबार ओरिकल इभेन्ट  महाराजगंजमा  आयोजित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध थुप्रै व्यवसायीहरूको उपस्थिति रहेको थियो । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय अध्यक्ष अध्यक्षमा दीपक थापाले गरेका थिए । त्यस्तै कार्यक्रम संयोजन कोषाध्यक्षमा हिमा गुरुङले गर्नु भएको थियो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशिएसनमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन्।
हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिला हरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने कोषाध्यक्षमा हिमा गुरुङले बताउनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी महिलाहरु को उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई संघले दर खुवाउनु को साथै नाचगान समेत गराएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१