एमाले–कांग्रेसबीच कुनै समस्या आए ओलीजी र म बसेर समाधान गर्छौंः सभापति देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८१, बिहीबार ०५:४५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस–एमालेबीच कुनै मतभेद नरहेको बताएका छन् ।

काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति एमाले–कांग्रेसको पूराका पूरा समर्थन रहेको बताएका हुन् ।

साथै, एमाले–कांग्रेसबीच खास–खास कुरामा एउटै धारणा रहेको पनि सभापति देउवाले बताए । एमाले–कांग्रेस एकअर्काका मुख्य प्रतिस्पर्धी पनि रहेको बताउँदै सभापति देउवाले कही समस्या रहेपनि केपी शर्मा ओली र आफू बसेर समाधान खोज्ने उनले बताए ।

‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्। ओलीजी र मैले मिलेर अरु साथीहरु मिलेर पनि समाधान गर्नेछौं,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१