एमाले पोलिटब्युरोको निष्कर्ष : वामपन्थीको नाममा कसैसँग मोर्चा नबनाउने, निर्वाचनमा अरुको वैशाखी नटेक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८१, बिहीबार ०५:४२

काठमाडौं । नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र महासचिव शंकर पोखरेलले सञ्चालन गरेको दुई दिने बैठकले १४ बुंदे समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकले अहिले वामपन्थीको नाममा कसैसँग पनि मोर्चा भन्ने सम्भावना नरहेको निश्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा वामपन्थीको नाममा कुनै किसिमका मोर्चा बन्छन् कि भन्ने कोणबाट छलफल भएको थियो । ‘हामीले अन्तिम निश्कर्षमा अहिले वामपन्थीको नाममा कुनै मोर्चा हुने बन्ने कुनै सम्भावना छैन, त्यो दिशातर्फ हामीले फर्केर हेरेका छैनौं,’– ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने ।

साथै, ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण न्यूनीकरण गर्न चाहेको पनि सुनाए । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दैै गौतमले भने, ‘अहिले भ्रष्टाचारको सन्दर्भमा जतिपनि मुद्दाहरु उठिरहेका छन्, त्यसमा भ्रष्टाचारको न्यूनीकरण र नियन्त्रण गर्न चाहन्छौं । पार्टी र सरकारले कुनै पनि खालका भ्रष्टाचारहरुलाई सहदैन । त्यसलाई नियन्त्रण र न्यूनीकरण गर्नका निमित्त हामीले आवश्यक नीति निर्माण गर्न भनिएको छ ।’

त्यस्तै, एमालेले आगामी निर्वाचन आफ्नै नीति तथा कार्यक्रमको आधारमा लड्ने र कसैको वैशाखी नटेक्ने निर्णय गरेको पनि प्रचार विभाग प्रमुख गौतमले बताए । ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको भएर एमालेले पनि भनेको हो भन्ने प्रसंगमा पनि त्यहाँ निकै कुरा उठ्यो । त्यसमा एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि गठबन्धनसँग चुनाव लडेको हो । आज पनि हामी एक्लै चुनाव लड्छौं, कसैको वैशाखी टेक्दैनौं, जनतामा आधारित भएर हामी अगाडि बढ्छौं भन्ने कुरा उठेको छ,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१