टानको अध्यक्षमा सागर पाण्डे विजयी अन्य पदमा मिश्रित नतिजा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८१, मंगलवार ०६:५३

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ ।

पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन । शेर्पाले ५५८ र कार्कीले ४८६ मत प्राप्त गरे ।

प्रथम उपाध्यक्षमा पाण्डे समुहका दावा लामा तामाङलाई पराजित गर्दै सापकोटा समुहका विष्णुप्रसाद लम्साल ५३५ मत सहित विजयी भने भने द्वितीयत उपाध्यक्षमा पाण्डे समुहका निशेष थापालाइ पराजित गर्दै सनम शेर्पा ५४४ मत ल्याएर विजयी भएका छन ।

सचिवमा पाण्डे समुहको सजना त्रिपाठिलाई पराजित गरि रिन्जी शेर्पा भएका छन त्रिपाठिले ४४५ र शेर्पाले ५९१ मत ल्याए । काेषाध्यक्षमा पनि सापकोटा समुहकै गौतमराज वाग्लेले विजयी भएका छन । वाग्ले ५८३ र उनका प्रतिस्पर्धी न्यौपानेले ४८९ मत प्राप्त गरे ।

सहकोषाध्यक्षमा पाण्डे समुहका डम्बर अधिकारीलाई पराजित गर्दै लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।शेर्पाले ५७८ र अधिकारीले ४४७ मत ल्याए ।

महिला सदस्यमा पाण्डे समुहबाट उम्मेदवार सृष्टि भण्डारीलाई पराजित गर्दै पवित्रा तामाङ ५८५ मत सहित विजयी भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१