बुढानीलकण्ठमा सार्वजनिक जग्गा संरक्षणको लागी सर्बपक्षीय भेला तथा अन्तरक्रिया सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८१, मंगलवार ०६:२३

बुढानीलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग नगर समितिको सर्बपक्षीय भेला तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। समितिबाट हाल सम्म गरिएका कार्यप्रगति विवरण र प्रारम्भीक चरणका कार्ययोजनाहरुको जानकारी गराउने उद्देश्य सहित सर्बपक्षीय भेलाको आयोजना गरिएको समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन् ।

समिति गठनको उद्देश्य, गठन प्रकृया, समितिमा रहेका पदाधिकारीको बारेमा जानकारी ,बुढानीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण सार्वजनिक जग्गाहरुको वडा अनुसारको तथ्याङ्क सहितको प्रस्तुति बुढानीलकण्ठ नगरपालिकाका अधिकृत राजकुमार थापाले दिएका थिए ।

उक्त कार्यक्रममा सहभागीहरुद्वारा नगरपालिका भित्रका प्राप्त तथ्याङ्क अनुरूप सार्वजनिक स्थल, जग्गा, लगायत सम्पूर्ण सरकारी सम्पत्तिहरुको संरक्षणका निमित्त हालसम्म भईआएका समस्या, चुनौतीलाई मध्यनजर गरी भावी योजनाहरुलाई अझै बढी प्रभावकारी रूपमा लैजाने कार्ययोजनाहरु लगायत विभिन्न विषयहरूमा आफ्ना बिचारहरु राखिएका थिए। साथै राष्ट्रिय निकुञ्जबाट प्रभावित मध्यवर्ती क्षेत्रका सरोकारवालाहरुले समेत बिबिध बिषयमा आवाजहरु उठाएका थिए।

कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, मालपोत कार्यालय चाबहिलका अधिकृत दीपेन्द्र कुमार खत्री, नगरपालिकाका पूर्व उपप्रमुख रमादेवी राई, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरू, शिवपुरी – नागार्जुन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, विभिन्न वडाका सामुदायिक वन संरक्षण समिति तथा उपभोक्ता समितिका अध्यक्ष एवम् सदस्यहरू, नगरपालिकाका महाशाखा/ शाखाका कर्मचारीहरु, लगायत विभिन्न क्षेत्रबाट कार्यक्रममा उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग नगर समितिको तर्फबाट हाल सम्म गरिएका १० बुंदे आन्तरिक कार्य प्रगति बिबरण पेश गरिएको थियो।

कार्य प्रगति विवरण :-
१) समिति गठन पश्चात हालसम्म ७ वटा बैठकहरु सम्पन्न भएका छन्। बिभिन्न मितिका बैठकहरुले समय सापेक्षीत बिभिन्न निर्णयहरु गरिएका छन् भने सबै वडाहरुमा कार्यबिधी अनुसारका समितिहरु बनेका छन ।
२) कार्यालय ब्यबस्थापनदेखि भौतिक पुर्वाधार र आबश्यक कर्मचारी तथा प्राबिधिकहरुको ब्यबस्थापन लगायतका कार्यहरुमा केही समय ब्यथित भएको छ ।
३) मालपोत कार्यालय चावहिलबाट र नापी कार्यालय चावहिलसंग जग्गा संरक्षण सम्बन्धी अनौपचारिक र औपचारिक छलफलहरु सम्पन्न भएका छन ।
४) मालपोत कार्यालय चावहिलबाट प्राप्त सार्वजनिक जग्गाहरुको लगत बिबरण साबिक गा.बि.स. तहमा प्राप्त भएकोले १३ बटै वडामा बिभाजन गरी लगत तैयार गर्ने कार्य सम्पन्न भएको छ। यधपी लगत संकलन कार्य पर्याप्त भने नरहेको पनि जानकारी गराइएको छ ।
५) प्राथमिकताका आधारमा काम गर्न सहजता होस भन्ने उद्देश्यले प्राप्त लगत अनुसारका जग्गाहरुलाई ३ बर्गमा बिभाजन गरिएकोछ

क) ५ रोपनी भन्दा माथिका जग्गाहरु ख) ५ रोपनी सम्मका जग्गाहरु ग) एक आना देखि १ रोपनी सम्मका साना जग्गाहरु ।

६) प्राप्त लगत बिबरण अनुसार बर्गिकरण गरिएका क बर्गका ठुला जग्गा संख्या हालमा २०४ ख बर्गका जग्गा संख्या ३३९ र गं बर्गका साना १ पैसा देखि १ रोपनी सम्मका जग्गाहरुको संख्या १४६४ रहेका छन ।
७) कर्मचारीको हकमा २ जना प्रबिधिक र एकजना सदस्यसचिवको ब्यबस्था भएको छ ।
८) २०७२ सालको पुर्ब नगरप्रमुख उद्दब खरेलज्यूको संयोजकत्वमा बनेको सर्बदलिय समितिले तैयार गरेको प्रतिबेदन र हाल मालपोत कार्यालयबाट प्राप्त बिबरणको अध्ययन भई रहेको अबस्था छ। ।
९) अदालतमा र अख्तियारमा मुद्धा परेका बिबादित जग्गाहरुको बिषयमा पालिकाको निर्णय अनुसार गठन गरिएका उपसमितिबाट स्थलगत अध्ययन पछि प्रतिबेदन बुझाउने कार्य भईरहेको अबस्था छ ।
१०) आन्तरिक तैयारीका कार्यहरु हुंदा हुदै बर्षाद याम शुरु भएकाले स्वाभाविक रुपमा फिल्डमा जाने अबस्था नरहेकोले अब बर्षाद पछि प्रारम्भीक तहका कार्य योजनाका साथ अभियान अघि बढाउने योजना रहेको छ ।

त्यसैगरी उक्त समितिले प्रारम्भीक कार्ययोजना समेत अगाडी सारेको छ।
प्रारम्भीक कार्ययोजना ।
१) सार्वजनिक जग्गा संग सम्बन्धीत सबै पक्ष र वडा समितिहरुसंग बसी ब्यक्तिगत र संस्थागत प्रभावबाट मुक्त रही निश्पक्ष र पारदर्शी ढंगले कार्य सम्पादन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्तरकृया गर्ने ।
२) प्रारम्भीक चरणमा क) बर्गका अर्थात ५ रोपनी भन्दा मथि क्षेत्रफल रहेका र ब्यक्ति बिशेषबाट अतिक्रमित जग्गाहरुलाई प्राथमिकताका साथ पहिचान गर्ने र छलफलद्धारा वडासमिति मार्फत शान्तिपुर्ण ढंगले सार्वजनिक ठहरिएका जग्गाको संरक्षण कार्य सम्पन्न गर्ने ।
३) स्थलगत अध्ययनको आधारमा संरक्षण कार्यका लागि आबश्यकता अनुसार तारवार वा पिलर र सम्बन्धित जग्गाको बिबरण समेतको सूचना बोर्ड राख्ने देखिका अन्य थप प्रकृयाहरु अघि बढाउने ।
४) अतिक्रमित जग्गाहरुको सूचना संकलनकालागि वडासमितिहरुसंग समन्बय गर्ने र सम्पुर्ण नगरबासीमा अपिल गर्न नगरस्तरिय सार्वजनिक सूचनाहरु सम्प्रेषण गर्ने ।
५) गोपनियताको समस्यालाई मध्यनजरगरी गोप्य सूचना पेटिकाको ब्यबस्था गर्ने साथै समितिको नामको ईमेल नगरपालिकाको वेभसाईड र टोलफ्री टेलीफोन शेवाको ब्यबस्था गर्ने ।
६) हालसम्म प्राप्त भएका र अब दर्ताहुने उजुरी उपर कार्यबिधी अनुसार नियमित कारबाही अघि बढाउने ।
७) प्राथमिकता क बर्गलाई दिएतापनि वडासमितिको योजना अनुसार सबै तहका जग्गाहरुको संरक्षण गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१