बुढानीलकण्ठ वडा नं ०७ ले घर-घरमै गई सामाजिक सुरक्षा भत्ता नविकरण गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८१, मंगलवार ०६:०९

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले सामाजिक सुरक्षा भत्ता नविकरणको लागी भाद्र ११ गते देखी घुम्ती शिविर संचालन गरेको छ ।

सोहि शिविर अन्तरगत वडा नं ०७ ले आफ्नो वडामा अस्पतालको बेडमा रहेका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अपाङ्गता साथै वृद्धाहरुलाई घर-घर तथा टोलटोलमा गई वडा कार्यालयको समन्वयमा सुरक्षा भत्ता नविकरणको आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

अन्यको हकमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीहरुले भदौ मसान्त भित्र वडा कार्यालयमा स्वयम् उपस्थित भई नवीकरण गरिदिनुहुन वडाले अनुरोध गरेको छ ।

नविकरण गर्न वडा कार्यालयसम्म उपस्थित हुन नसक्ने लाभग्राहीहरुले जनप्रतिनिधिहरु वडा अध्यक्ष बस नारायण महर्जन (९८४१४७५२२१), वडा सदस्यहरु राम माया महर्जन (९८४१७२३०७६), अनिता मिजार(९८१८८५६४४५), साबित्री ढकाल (९८५१११६४३९), झप्पड बहादुर कार्की (९८४१३५००११), लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१