एमाले सांसद शर्मालाई कहिले समाउने भन्दै प्रधानमन्त्री ओलीलाई बालेन शाहको प्रश्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८१, सोमबार ०५:३६

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । उनले एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको र दैनिक कुटपिटसमेत गरेको दाबी गरेका छन् ।

काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दापनि अहिलेको सरकारले नसमाएकोमा आक्रोश पोखेका छन् । उनले अदालतले पनि मुद्दा चलाउन भनिसकेको कुरा प्रधानमन्त्री ओलीलाई सम्झाएका छन् । एमाले सांसद शर्माको तस्विर सार्वजनिक गर्दै मेयर शाहले तत्काल बाल शोषणको मुद्दामा समाउन भनेका छन् । उनले फेशबुकमा लेखेका छन्-

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ? कि नसमाउने ??

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१