क्यान्सर अस्पतालको दोस्रो तलाबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०८१, आईतवार १३:१९

क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ ।ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर   अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१