प्रचण्डमाथि खनिए प्रधानमन्त्री ओली : मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०८१, आईतवार ०५:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको धम्कीबाट नडराउने बताएका छन् । उनले प्रचण्डले संसद्मा बोल्दा बंगलादेश र श्रीलंकाको घट्नाट सिक भनेर अर्ती तथा उपदेश दिएको प्रसंग निकाल्दै आफूले १७ हजार मान्छे नमारेको भएको कारण खुट्टा नकमाउने जवाफ फर्काए ।

क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जवाफ फर्काएका हुन । उनले भने,‘हिजोमात्रै प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन् । श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भन्दै हुनुहन्छ, म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेशिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा । ’

उनले नेपालमा अब त्यस प्रकारको हिंसा सम्भव नभएको बताए । उनले भने,‘अब त्यस प्रकारको हिंसा गर्न दिईँदैन् । कसैले गर्न खोजेपनि वा चाहेपनि सम्भव छैन् । उल्टै हामीलाई तेर्साउन खोज्ने । हामी त सधैं बारुद्धमाथि, बारुदकै बीचमा यात्रा गरेर आएका हौं । आधा शताब्दीभन्दा बढि समयदेखि म यही देश बनाउने अभियानमा लागेको छु । भ्रषटाचार गरेको छैन् । गर्दिनँ । गर्न दिन्नँ । अब यहाँ नेपालमा त कस्तो भयो भने ३५ क्विन्टल सुन ल्याउनुपर्ने रहेछ, त्यो ल्याउनुपर्यो भने पशुपतिमा पित्तल चढायो र सुन चोर्यो भन्दिने । पार्लियामेन्टमा बोले ? किन बोले भनेको सुन वारपार गर्न रहेछ । मैले अहिलेसम्म जानीजाीनकन झुट बोलेको छैन् । जानीजानीकन कसैको अहित गरेको छैन् । जानीजानी बेठिक र अनैतिक काम गरेको छैन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१