मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यस बर्षको मदन पुरस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार १४:३३

पत्रकार एवम् लेखक मोहन मैनालीलाई उनको पुस्तक ‘मुकाम रणमैदान’का लागि प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ ।

‘मुकाम रणमैदान’का लागि मदन पुरस्कार जितेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।

यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदान सहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१