कागेश्वरी मनोहरा नगरपालिकामा जागिर खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार ०६:३२

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले सेवा करारमा कर्मचारी नियुक्तीका लागि आवेदन खुलाएको छ। नगरपालिकाले एक सूचना प्रकाशित गर्दै दुई पदमा आवश्यक कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।

सूचना अनुसार, सूचना प्रविधि अधिकृत (अधिकृतस्तर) र नायव पशु सेवा प्राविधिक (सहायकस्तर) गरी दुई पदका लागि दरखास्त खुला गरिएको छ। सूचना प्रविधि अधिकृत पदको लागि एक जना कर्मचारी आवश्यक भएको छ। यस पदका लागि कम्प्युटर वा आईसीटी सम्बन्धी विषयमा स्नातक तह (BIT, BIM, BE in Electronics and Communication, BBIS, BCA, BCIS, BEIT, BSc. IT, BSc. CSIT) उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै, नयाव पशु सेवा प्राविधिक पदमा पनि एक जना कर्मचारी आवश्यक परेको छ। यस पदको लागि भेटेरिनरी सम्बन्धी प्राविधिक प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र रहेको छ। इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरू सहित नगरपालिकाको कार्यालयमा आवेदन दिनुपर्नेछ। दरखास्त फारमको मिति सकिएपछि, योग्य उम्मेदवारहरूको छनोट गरी तिनीहरूको अन्तर्वार्ता तथा परीक्षा लिइनेछ।

नगरपालिकाले यस भर्ती प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम राख्दै योग्य र सक्षम व्यक्तिहरूलाई अवसर प्रदान गर्न लागेको जनाएको छ। नियुक्त गरिने कर्मचारीहरूले नगरपालिकामा सेवा करारको आधारमा काम गर्नेछन्। आवेदन सम्बन्धी थप जानकारी नगरपालिकाको वेबसाइट www.kageshworimanoharaum.gov.np मा उपलब्ध गराइएको छ।

यो अवसरले सूचना प्रविधि र पशु सेवा क्षेत्रमा योग्य व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१