स्थानीय तहमा भ्रष्टाचार मौलायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार ०५:४४

काठमाडौँ। अशोक कुमार चौधरीले स्थानीय तहमा बोलपत्र आह्वानदेखि योजना कार्यान्वयनसम्म चर्को अनियमितता भएको पाइएकाले किन त्यस्तो भएको हो भन्ने बारेमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।

सांसद रोशन कार्कीले प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षबीच जुहारी चलीरहेकाप्रति गुनासो गर्दै तत्काल बन्द गर्न सभामुखको ध्यानाकर्षण गराइन् । उनले भनिन्, “एकले अर्कोलाई गाली मात्रै गरेको छ । नेपाली जनताले के भन्लान् ? ठूला राजनीतिक दलले के गर्नुभयो ?”

सांसद अमरबहादुर थापाले शिक्षा विधेयकमा परेको संशोधन राख्नु भएका सांसदले समय दिन नसक्दा प्रक्रिया अगाडि बढाउन समस्या भएको बताए । उनले मुलुकको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने बारेमा सबैको सार्थक सहयोगको आवश्यकता औंल्याए।

सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कोही कसैलाई नभएको बताए । गरिमामय कुनै पनि आन्दोलनलाई अपमान गरिए त्यो आफूहरूलाई स्वीकार्य नभएको उल्लेख गर्दै उनले संविधान विरुद्ध नजान आग्रह गरे । सांसद सापकोटाले संविधान संशोधन अग्रगमनतर्फ हुनुपर्ने धारणा राखे ।

सांसद निशा डाँगीले सडक दुर्घटना दैनिक बढोत्तरीका कारण जनधनको क्षति भएको भए पनि नियन्त्रणका लागि सरकारले उदासिनता देखाएको बताइन् ।

सांसद विरेन्द्र महत्तो, सर्वेन्द्रनाथ शुक्ला, अमरेशकुमार सिंह, सञ्जयकुमार गौतम, रामहरि खतिवडा, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१