मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार ०५:४२

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाशमा जाने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाएको हो ।

उनले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने भएका हुन् । वरियतामा चौथो नम्बरमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका अर्याललाई उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्यसचिव बनाईएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१