को को सँग पर्‍यो सलमानकी बहिनीको लभ (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १९:१०
यतिबेला बलिउडमा सलमान खान भन्दा बढी उनकी बहिनीको चर्चा छ । सलमानकी बहिनी अर्पिताको विवाह आयुषसँग हुँदैछ । सलमानका हुनेवाला ज्वाइँ आयुष राजधानी नयाँ दिल्लीस्थित एक राजनीतिक परिवारसँग सम्बन्धित छन् । अर्पिता बलिउडमा त छैनिन् तर सलमानकी बहिनी भएकै कारण चर्चित उनका सम्बन्धहरु भने पटक पटक सार्वजनिक भएका थिए ।
अर्जुन कपुर
 
सलमानकी बहिनी अर्पिताका प्रथम प्रेमी थिए अर्जुन कपुर। बलिउड अभिनेता कपुर आमा मोना कपुरको निधनपछि लामो समय सम्म अर्पितासँग नजिक थिए।उनले अर्पिताका लागि आफ्नो पहिलो फिल्म ‘इशकजादे’ का लागि पुरै फिल्महल नै बुक गराएका थिए। तर उनीहरुको ब्रेक अप भयो । ‘2 स्टेट्स’ फिल्म रिलिज हुने समयमा अर्जुनले आफू र अर्पिता सम्बन्धमा रहेको स्वीकार गरेका थिए ।
 
निहार पाण्डेय
 
अर्पिताको नाम दिपीका पादुकोणका पूर्व प्रेमी निहार पाण्डेयसँग पनि जोडिएको थियो ।अर्जुन कपुरसँग ब्रेकअप पछि अर्पिता मोडल निहार पाण्डेयसँग जोडिइन् । यो सम्बन्ध लामो समय चलेन ।
अंगत वेदी
त्यसैगरी उनको नाम क्रिकेटर अंगद बेदीसँग पनि जोडिएर चर्चामा आएको थियो । क्रिकेटर बिशन सिंहका छोरा बेदीसँग अर्पिताको चक्कर चलेपनि लामो समय टिकेन । सलमानको चलचित्र ‘वान्टेड’ को समयमा उनीहरुबीच निक्कै निकटता बढेको थियो ।
 
बरुण शशिराव
 
सलमानकी बहिनी मोडल वरुन शशिरावसँग जोडिएकी थिइन् । सन् २०१३ मा उनको नाम शशिरावसँग जोडेर चर्चामा तानिएको थियो । तर उनीहरुको सम्बन्ध पनि लामो टिकेन ।
आयुष
 
अव सलमानका ज्वाइँ बन्न लागेका आयुष र अर्पिताबीच यही वर्षकै शुरुमा भएङ्को थियो । उनीहरुको सम्बन्ध सार्वजनिक हुनासाथ सलमानले बहिनीको विवाह गरिदिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१