एनसेललाई लाइसेन्स नवीकरणको लागि किस्ताबन्दीमा शुल्क तिर्न सुविधा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८१, शुक्रबार ०५:४०

काठमाडौं । सरकारले एनसेललाई लाइसेन्स नवीकरणको शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा प्रदान गरेको छ। बिहीबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद्को नियमित बैठकमार्फत दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाईसेन्स रिन्यूको लागि यस्तो सुविधा दिने निर्णय गरिएको हो ।

लाईसेन्स नवीकरणको लागि चार किस्तामा रकम तिर्नुपर्ने प्रावधान राखिएको छ । जसमध्ये पहिलो किस्ताको ब्याज नलिने निर्णय गरिएको छ । तर, दोस्रो, तेस्रो र चौथो किस्तामा भने १० प्रतिशत ब्याजसहित लिने निर्णय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एनसेलले पनि किस्ताबन्दीमा पैसा तिर्ने सुविधाको माग गरेको थियो । यसअघि यही सुविधा उपभोग गरेर नेपाल टेलिकम रिन्यू भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१