‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा ’– परराष्ट्रमन्त्री राणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८१, बिहीबार १२:३५

नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् । बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।

सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री ओली) ले त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन ।‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१