सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८१, बिहीबार ०५:५४

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ । गृह मन्त्रालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो । मन्त्री स्तरको निर्णयअनुसार बुधबार डिआइजीको काज सरुवा गरेको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको प्रशासनिक दृष्टिकोण तथा संगठनको आवश्यकता अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ (१) ख बमोजिम काज सरुवा गरिएको बताइएको छ ।

डिआइजी अभिकुमार खत्री ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा तानिएकाे छ । दुर्गा प्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन् । उनी यसअघि ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत थिए ।

त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदिप कुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देही पठाइएको छ । मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१