बुढानिलकण्ठ नगरपालिका वडा १ मा साइबर क्राइम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८१, सोमबार ०७:३९

काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बुढानिलकण्ड नगरपालिका वडा १ मा ले आयोजना गरेको र्कायक्रमको सदस्य नबिन श्रेष्ठको  अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका वडा १ का का ब वडा सदस्य बुद्दिमान लामाको उपस्थितिमा  वडा सदस्य  चण्डिका रैला र शर्मिला नेपाली सहित नगरपालिका योजना महाशाखाका राजकुमार थापा र संगीता लम्साल ,शिक्षक, पत्रकार, बुदीजीबी, बिध्यार्थीहरु सहित १२५  भन्दा  बढीको संख्यामा सहभागीको उपस्थिति रहेको थियो ।

बिगत १०  बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक साइबर ब्युरोका  बरिष्ठ सहि बिरेन्द्र शिंह धामीको  मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थियो  । सामाजिक सञ्जालमा नचिनेको व्यक्तिसँग कुराकानी नगर्ने, लेखपढका लागि, नयाँ जानकारीका मोवाइल, ल्यापटप लगायतका सामाग्रीको उपयोग गरौँ, अरूले विदेश लाने, महङ्गो मोवाइल किन्दिनेलगायतका लोभ देखाउँदा विश्वास नगरौं, आफ्नो दाजुदिदी, आमाबुवासँग लुकेर गर्नुपर्ने कुनै पनि कुरा गलत हुन् भन्दै विद्यार्थीलाई साइवर अपराधबारे जानकारी दिनुभयो ।

सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत राखेका थिए । सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिकाका अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय बोष्टर मिडियाको सहजीकरणमा  सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिका वडा १ ले आयोजना गरेको थियो । कार्यक्रममा १२५  जना बिद्यार्थीसहितको उपस्थितिमा भब्य रुपमा समापन गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१