उपभोक्ता अदालन गठन गर्ने मन्त्री भण्डारीको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८१, सोमबार ०६:०६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी एक महिनाभित्रै उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले सरकारले उपभोक्तालाई ध्यानमा राखेर काम गरेको पनि विश्वास दिलाए । मन्त्री भण्डारीले भने, ‘अहिलेको उत्पादन कति छ ? स्टक कति ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्युटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन सङ्घलाई सरकार नै चाहिन्छ । त्यसैले आपूर्ति शृङ्खलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१