बर्दघाट वडा कार्यालयभित्रै कुटिए दम्पती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८१, आईतवार ०७:१०

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएको घटना बाहिर आएको छ। जग्गासम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्तबहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो ।सामान्य भनाभनपछि क्षेत्री दम्पत्तिमाथि वडा नम्बर १४ का प्रेमबहादुर कामु र उनका दाजुभाइ कृष्ण कामु, जीवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।वडा अध्यक्ष गाहाका अनुसार बाटो निकासिका सम्बन्धमा भएको विवाद समाधानका लागि वडा कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागी बोलाइएको थियो ।दुवै पक्षबिच विवाद चर्किदा पार्वती क्षेत्रीलाई लक्षित गरेर अपशब्द बोलेपछि उनले दुई झापड हानेको र त्यसपछि कामु दाजुभाइले उनीसहित श्रीमानलाई समेत कुटपिट गरेको वडाध्यक्ष गाहाले जानकारी दिए।

कुटपिट पछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि आज शनिबार भएकाले दर्ता नभएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । भोली घटनाबारे थप अनुसन्धान गरेर जाहेरी दर्ता गर्ने फुयाँलले बताए ।

कुटपिट पछि घाइते भएका राजबहादुरको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते राजबहादुरको निधारमा चोट लागेको छ । वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक निरूपणको पक्षमा रहेको जनाएको छ ।kutpit1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१