ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर ब्यवसायीहरुको दुख सुखको साथि बनिरहेको छ — ठुलोबाबु श्रेष्ठ

evccfn@gmail.com' rastriyakhabar
८ भाद्र २०८१, शनिबार २२:१७

काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले आम ग्रील तथा स्टील फेब्रिकेटर्स हरुको हक हित र उत्थानको लागि यति लामो समय सम्म अभिभावकत्व निर्वाह गर्दे आएको यस संस्थाको २४ औं साधारणसभा सम्म आईपुग्दा यो संस्थाले धेरै आरोह अवरोहहरु पार गर्नु परेको र त्यसमा ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर दुख सुखको साथि बनिरहेको बताउनु भयो ।
कारिब ११ हजार ब्यवसायीहरुलाई एउटै छातामुनि गोलबन्ध गर्दै १ लाख पचासहजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हाम्रो महासंघ अन्तर्गतका प्रदेश, जिल्ला, क्षेत्र र इकाईहरुको भृुमिका पनि कम महत्वको छैन भन्नेकुरा महासंघले मुल्यांकन गरिरहेको पनि श्रेष्ठले बताउनु भएको छ ।
महासंघको ९ औं महाधिवेशन तथा २८ औं साधारणसभा पछि नेपालको संबिधान २०७२ ले बनाएको नेपालको संघिय ढाँचामा संगठनलाई रुपान्तरण गर्ने र सोहि अनुसार सरकारी संयन्त्र संग सहकार्य गर्ने गरि कार्यहरु अगाडी बढाएको उहाँको भनाई रहेको छ ।
यति बेला सम्म आईपुग्दा महासंघले ७ प्रदेश र ७७ जिल्लामा संगठन बिस्तार गर्ने कार्य अगाडी बढाइ रहेको पनि उहाँले बताउनु भयो ।
महासंघको तर्फबाट आम ब्यवसायीहरुको समस्या र समाधानको बारेमा यो भन्दा अगाडीको संघिय सरकारका सम्माननीय प्रधानमन्त्री,माननीय उद्योग मन्त्री,माननीय उर्जा मन्त्री ,माननीय अर्थ मन्त्री तथा प्रतिनिधिसभाका सम्माननीय सभामुख समक्ष ७ बुँदे ज्ञापन पत्र समेत बुझाएर नितीगत तहमा शुधारको लागि महासंघले आफुलाई अगाडी बढाई रहेको उहाँले बताउनु भयो ।
अब बन्ने प्रदेश तहको संरचनाले पनि प्रदेश सरकार संग समन्वय गर्दै अगाडी बढ्ने छ भन्ने महासंघले बिस्वास लिएको छ भन्दै श्रेष्ठले लुम्बिनी प्रदेशमा बनेको नयाँ संगठनको प्रयासमा बुटवल उपमहानगरपालिका मा ग्रील ग्राम स्थापना गर्न संघिय सरकारकै तर्फबाट १ करोड बजेट समेत बिनियोजन भई सकेको उल्लेख गर्नु भयो । यस्ता कार्यहरु ७ वटै प्रदेशमा सम्भव छ र हामिले पहल गर्दे गर्नु पर्छ भन्नेमा श्रेष्ठको जोड रहेको थियो ।
हरेक जिल्ला मातहतका संगठनहरुलाई स्थानिय तहगत रुपमा पनि विस्तार गर्दै स्थानिय सरकार संग समन्वय गर्दै नेतृत्व बिकास,ब्यवसायीक क्षमता बिकास, सिप मुलक तथा ब्यवसायीक स्वास्थ्य शुरक्षामा स्थानिय सरकारको लगानीमा सहभागिता मुलक कायक्रमहरु बनाएर लागु गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
संस्था स्थापनाकाल देखि आजसम्म धेरै काम हरु गरि सकेका छौं भन्दै उहाँले यो ईतिहासले समिक्षा गर्ला तर अझ धेरै कामहरु गर्न बाँकी छ भन्नु भयो ।
उहाँले “ हामिले ब्यवसायीहरुलाई संगठित गरेर एकै ठाउँमा ल्याउन सफल भयौं अब ब्यवसाय र ब्यवसायीहरुलाई ब्यवस्थित गर्दै आम ब्यवसायीहरुको साझा समस्याहरुको पहिचान गरि समाधानतिर ध्यान दिने बेला आएको छ । यसकालागि महासंघले केन्द्रमा बिभिन्न उप समिति र बिभागहरु बनाएर कार्यसम्पादनको प्रारम्भिक चरण शुरु गरिसकेको छ ” भन्नु भयो ।
बिशेष गरि सरकार संग समन्वय गरेर सहज प्रकृयाबाट सर्वसुलभ ब्याजदरमा ब्यवसायीक ऋणकोलागि पहलगर्ने, दक्ष कामदार उत्पादनको लागि सिपमुलक तालिमहरुको ब्यवस्था गर्न सम्बन्धित सरकारी निकाय संग समन्वय गर्ने, कार्यस्थलमा हुने जोखिम न्युनिकरण गर्न बिमा र भलाई कोष जस्ता कार्यक्रमहरु लागु गर्ने ,हाम्रा ब्यवसायीहरुकै लगानीमा शुरु गरिएका हार्डवेयर र सहकारीहरुलाई ब्यवस्थित र मर्यादित बनाउन सबैले सहयोग गर्ने , लगायतका बिषयमा महासंघ गम्भिर भएर लागि रहेको उहाँको भनाई छ ।
यहि मिति २०८१ भाद्र १ गते बसेको महासंघको केन्द्रिय समितिको पुर्ण बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने पहिलो चरणमै करिब २५ लाख भन्दा माथिको प्रतिबद्धता आई सकेको छ । यहि अनुपातमा सबै जिल्लाहरुले सहयोग गर्ने हो भने यहि बर्ष भित्रमा महासंघले आफ्नो भवन निर्माण गर्न सक्ने भन्दै अध्यक्ष श्रेष्ठले
एकै चोटी सबै काम गर्न खोज्ने होभने केहि पनि नहुन सक्छ तसर्थ महासंघले कार्यक्षमताको आधारमा कार्यबिभाजन गर्ने र संगठनलाई चलायमान बनाउन देशै भरिबाट प्रतिनिधित्व गराउने अभियान नै चलाएको बताउनु भयो ।
रोलिङ मिल हार्डवेयर र हाम्रो संगठन बिचको संबन्धलाई सुमधुर बनाउन महासंघले बिभिन्न चरणमा छलफल र वार्ताहरु गरिरहेको र अब यसलाई प्रदेश र जिल्ला तहमा अन्तकृया गर्दै भाईचाराको बिकास गर्नुपर्ने आवश्यकता भएको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ “ हामिले अनुगमन समिति मार्फत अनाधिकृत रुपमा ब्यवसाय सन्चालन गरि हाम्रा ब्यवसायीहरुलाई सताउने तथा उपभोक्ताहरुलाई ठगि गर्ने व्यक्ति वा समुहलाई संगठनकै बलमा साईजमा ल्याउने कार्य गरेका छौं । त्यस्ता गतिबिधि नियन्त्रण र नियमन गर्न तपाई हाम्रो ब्यपसाय पनि कानुनीरुपमा चलेको हुनु आवश्यक छ ” यसमा सदैव सचेत रहन ब्यवसायीहरुमा उहाँले आग्रह समेत गर्नुभएको छ ।
यहि पेशा र ब्यवसाय बाट कमाएको कमाईले हामिले हाम्रा छोरा छोरीहरुलाई डाक्टर,पाईलट,ईन्जिनियर,सरकारी कर्मचारी ,सेना,प्रहरी,सिए बनायौं ।देश बिशेशमा स्थापित गरायौं तर आज हामिले हाम्रा पछिल्लो पुस्तालाई यहि ब्यवसायमा आबद्ध गराउन सकेनौ । बिषेश गरि हाम्रो ब्यवसायमा देखिएको पुस्ता हस्तान्तरणको प्रश्नलाई कसरि हल गर्न सकिएला भन्ने बिषयमा तल्लो तहबाटै बहस शुरु गर्न आवश्यक भएको छ । यसको लागि ब्यवसायलाई ठुलो संयुक्त उद्योग वा ग्रील ग्राम हुनु पर्ने धारणा आई रहेको बेला यसको कार्यन्वयन कसरी गर्न सकिएला भन्ने बारेमा हामि सबैले गम्भिर हुनु पर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
अध्यक्ष श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको केन्द्रिय अध्यक्षको हैसियतले यो संस्था र संगठनलाई यहाँ सम्म ल्याउन अहोरात्र खट्नुहुने अग्रजहरुलाई सम्मान व्यक्त गर्दै ब्यवसायमा पुस्ता हस्तान्तरण र संगठनमा नेतृत्व हस्तान्तरण को लागि आफ्नो कार्यकालमा केहि नयाँ गरेर देखाउने प्रयत्न गर्ने भन्दै त्यसमा देशै भरका आम ब्यवसायीहरु र ब्यवसायीक संगठनहरुको सकृय समर्थन र सहभागिता आवश्यकता पर्ने बताउनु भयो ।
पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिका बिमोचन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बासुदेव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव भिम प्रसाद आचार्यले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा महिला समिति संयोजक बिष्णुमाया उचही , उपाध्यक्ष तथा पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीका सल्लाहकार रण बहादुर विश्वकर्मा, महासचिव बिवेकदास श्रेष्ठ, सदस्य बिरेन्द्र मिन्दुम, ग्रील तथा स्टील ब्त्रयवसायी महासंघ अन्तर्गत लुम्बिनी प्रदेशका कोषाध्यक्ष हस्त बहादुर सुनार, ग्रील तथा स्टील ब्त्रयवसायी संघ काठमाडौं जिल्लाका अध्यक्ष सुनिल कुमार अमात्य, ग्रील तथा स्टील ब्त्रयवसायी संघ पाल्पाका उपाध्यक्ष दुकुल सिं राना ,सचिव तोप बहादुर गाहा लगायत पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, इलेक्ट्रिक्स एसोसिएसनका अध्यक्ष नारायण सुवेदी, ई. किसानसिंह गुरुङ, ई. रमेश बास्तोला, ई.नारायण बास्तोला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ ले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वर्तमान परिस्थितिमा ब्यवसाय धान्नै गाह्रो परेको भन्दै सरकारले साना तथा मझौला ब्यवसायहरुमाथि अन्याय गरिरहेको बताउनु भएको थियो ।
२४ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती स्मारिका विमोचन समारोहमा ग्रिल तथा स्टिल व्यवसायी महासंघका महासचिव विवेकदास श्रेष्ठ, उपाध्यक्ष तथा महिला समिति अध्यक्ष विष्णुमाया उचही थापा, ग्रिल तथा स्टिल संघ काठमाडौँका अध्यक्ष सुनिलकुमार अमात्य, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार रनबहादुर विश्वकर्मा, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, इलेक्ट्रिक्स एसोसिएसनका अध्यक्ष नारायण सुवेदी, ई. किसानसिंह गुरुङ, ई. रमेश बास्तोला, ई.नारायण बास्तोला , ई. विश्वप्रसादा कर्माचार्य लगायतका वक्ताले उद्योगी व्यवसायीले झेलेका कठिनाइ र समस्यालाई यथाशीघ्र सम्बोधन गर्न एसोसिएसनले पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँहरुले रजत वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका गर्नुभएको थियो ।
कार्यक्रममा एसोसिएसनमा आबद्ध सदस्यका सन्तान आकृति बराल, होम राना र रोजिना गिरीलाई २०८१ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेकोमा सम्मान गरिएको थियो ।
एसोसिएसनले नारायण वास्तोला, अशोक गुरुङ र ईश्वरीप्रसाद बास्तोलालाई मानार्थ सदस्य प्रदान गरेको छ ।
संस्था स्थापनाको २५ औँ वर्षको सन्दर्भमा प्रकाशित रजत जयन्ती स्मारिका–२०८१ विमोचन गरिएको छ । स्मारिकाको संयोजन र सम्पादन ई. विश्वप्रसाद कर्माचार्यले गर्नुभएको थियो । कर्माचार्य ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको मनोनीत केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
साधारण सभाको बन्द सत्रमा महासचिव भीमप्रसाद आचार्यद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिव गिरीको कोषाध्यक्षको प्रतिवेदन र बि.पि. बराल एण्ड एसोसिएट्सद्वारा तयार गरिएको आ.व. २०८०÷२०८१ को लेखा परीक्षण प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष बासुदेव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव भिम प्रसाद आचार्यले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१