बुढानिलकण्नठ नगरपालिका वडा १ मा साईबर क्राईम सम्बन्धी अभिमुखिकरण कार्यक्रम हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०८१, शुक्रबार ०८:२२

काठमाण्डौ।  काठमाण्डौ स्थित बुढानिलकण्नठ नगरपालिका वडा १ मा  १ दिवसीय  साईबर क्राईम सम्बन्धी अभिमुखिकरण कार्यक्रम हुँदै छ। समाजमा दिनानुदिन बढ्दै गैईरहेको ईन्टरनेट तथा सामाजिक संजाल फेसबुक लगाएत का विभिन्न साईटहरुबाट हुँदै आएका अपराधजन्य गतिबिधिहरु बाट बच्न के के कुरामा ध्यान पुर्याउनु पर्छ र यदि यसको सिकार कोहि बनिरहेको छ भने कसरी अपराधिलाई कार्बाहिको दायरामा ल्याउन सकिन्छ भन्ने बिषयमा उक्त अभिमुखिकरण कार्यक्रम हुने भएको हो।

बुढानिलकण्नठ नगरपालिकाको आयोजना र बोष्टर मिडियाको  संयोजनमा हुन लागेको उक्त साइबर क्राइम सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम यहि २०८१ साल भाद्र ९  गते आइतबार  सेन्ट जेभिएर स्कुलको  सभाहलमा  हुन लागेको हो। उक्त महत्वपूर्ण अभिमुखिकरण कार्यक्रममा  जनप्रतिनिधि र बिद्यार्थीहरु सहभागी हुने   वडाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१