खेलकुदमन्त्रीले कसलाई बनाउँदैछन् राखेप उपाध्यक्ष ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८१, बिहीबार ०५:५८

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त उपाध्यक्षमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नियुक्तिको तयारी गरेका छन् ।

उनले मन्त्रालयबाट एक जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी गरेका छन् । तर व्यक्ति छनोटमा उनलाई सकस आइलागेको छ । चौधरीले सप्तरीका कानन चौधरी नियुक्त गर्न चाहेका छन् ।

तर उनको दल नेपाली कांग्रेसले भ्रातृ संगठन लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई नियुक्त गर्न दबाब दिएको स्रोतको भनाइ छ ।

चार वर्षको कार्यकाल पूरा गरेर १२ साउनमा शिव कोइराला पदमुक्त भएपछि राखेपमा उपाध्यक्ष पद रिक्त छ । मन्त्री चौधरीले काननलाई नै उपाध्यक्ष बनाउने मनस्थिति बनाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१