युवराज श्रेष्ठसँग अरुणिमा लम्सालले गरिन् विवाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८१, बिहीबार ०५:४६

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी नायिका अरुणिमा लम्सालले विवाह गरेकी छिन् । पहिलो पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी लम्सालले हालै नेपाल आएर दोस्रो विवाह गरेकी हुन् ।

उनी विवाहको लागि नै परिवार र केही मिल्ने साथीहरुसहित नेपाल आएकी हुन् । उनले नेपाली काँग्रेस बराहक्षेत्र नगर (सुनसरी ) का उपसभापति युवराज श्रेष्ठसँग विवाह गरेको बताईएको छ ।

लम्सालले अहिलेसम्म विवाहका तस्विरसमेत आफ्ना सोसल मिडियामा पोष्ट भने गरेकी छैनन् । उनी विवाह गरेर फेरि अमेरिका फर्किएको बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१