काठमाडौं, २८ कार्तिक । अन्तराष्ट्रिय विमानस्थलमा आज एक अचम्मको संयोग भएको छ ।
बलिउडमा स्थापित नायिकाको रुपमा परिचित दुई हिरोइनमध्ये एक काठमाडौं भित्रिएकी छिन् भने अर्की भने बाहिरिएकी छिन् ।
मनिषा कोइराला आज काठमाडौंबाट मुम्बईको लागि प्रस्थान गरिरहँदा पूर्व मिस युनिभर्स र बलिउड नायिका सुस्मिना सेन मुम्बईबाट काठमाडौंमा उत्रेकी छिन् ।
काठमाडौंको होटल अन्नपूर्णमा क्लासिक डाइमण्डद्वारा आयोजित टाइमलेस प्यारागन ज्वेलरी फेशन शोको लागि सेन काठमाडौं आएकी हुन् ।
उनीसँगै माल्भिका सुब्बा, श्रृष्टि श्रेष्ठ, आस्था पोखरेल, अस्मी श्रेष्ठ, ओसिमा बानु, अल्का राईलगायत नेपाली मोडलहरु पनि र्याम्पमा उत्रने छन् ।
यसमा अन्य भारतीय मोडलहरु पनि सहभागी हुने बताइएको छ । फेसन शो आज र भोलीसम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया