योगी पाइलट बाबाको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८१, बुधबार ०६:३१

काठमाडौं। योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए ।

पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१