उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : सभापति देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८१, बुधबार ०६:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।

समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।

संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले भने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यही सहमति बन्छ भने …।’

कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले भने, ‘माओवादी, माधवकुमार नेपालजीको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१