यी हुन् विश्वका १० सबभन्दा धनाढ्य व्यक्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०८१, सोमबार ०६:२४

काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले विश्वका धनाढ्यहरूको सूची तयार पार्ने काम गर्छ । फोब्स रियल टाइम बिलिनियरमा दैनिक रुपमा धनाढ्य व्यत्तिहरुको सूची हेर्न सकिन्छ ।

संसारका १० धनाढ्यहरू यस प्रकार छन्
१. इलन मस्क : सेलिबे्रटी बिलिनियर इलन मस्कको कुल सम्पति २७७.१ बिलियन डलर छ । उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् । उनले आफ्ना व्यापारिक योजनाबाट मानव र मानवीयतालाई नयाँ उचाइमा लैजाने जमर्को गरेका छन् । उनले टक्नोलोजी क्षेत्रबाट ५१ वर्षको उमेरमा संसारको सबैभन्दा धनी व्यक्तिको ताज पहिरिन सफल भएका छन् । मानिसलाई मंगल ग्रहमा लैजानेदेखि विद्युतीय सवारी साधन, सोलार ऊर्जा, स्याटलाइट वाइफाइ जस्ता महत्वपूर्ण योजनाहरु उनको योजनामा समावेश भएका छन् ।

२. गौतम अडानी : भारतीय मूलका गौतम अडानीले १ वर्ष अगाडि बिलिनियर्स लिस्टमा ४० नम्बरमा पनि आएका थिएनन् । १ वर्षको अन्तरालमा उनी धनाढ्यको दोस्रो स्थानमा आएर सारा संसारलाई नै चमत्कार देखाएका छन् । १५६.१ बिलियन अमेरिकी डलर भएका गौतम अडानीको उमेर ६० वर्ष पुगेको छ । कमोडिटी वस्तुहरू र निर्माणमा उनको विशेष लगानी छ । एसियाबाट धनीहरूको सूचीमा जान सफल उनले विश्वका धनाढ्यहरूको दोस्रो स्थानमा पुगेर इतिहास नै रचेका छन् ।

३. बर्नाड अर्नाल्ट र परिवार : फोब्र्स म्यागेजिनका अनुसार बर्नाड विश्वका तेस्रो धनाढ्य पर्छन् । १५५.६ बिलियन अमेरिकी डलर भएका बर्नाड उमेरले ७३ वर्षमा पुगेका छन् । कुनै समय इलन मस्कलाई पनि पछि पारेर छोटो समयका लागि संसारकै धनी मानिस बनेका बर्नाड फेरि दोस्रो स्थानमा आएका छन् । उनी फ्रान्सका बासिन्दा हुन् । उनको मूख्य लगानी बिलासिताका साम्रगीको उत्पादनमा लक्षित छ । विश्व प्रसिद्ध महँगो ब्रान्ड लुइस भूइटन उनकै ब्राण्ड हो ।

४.जेफ बेजोस : कुनै समय संसारका सबैभन्दा धनी व्यक्ति बनेका जेफ बेजोस अहिले चौठो स्थानमा आएका छन् । १४८.१ बिलियन अमेरिकी डलर भएका जेफ बेजोसको बसोबास अमेरिकामा रहेको छ । आफूले गर्दै आएको समान्य जागिर छोडेर इन्टरनेटमा अनलाइन किताब बेच्नबाट सुरु गरेको उनको व्यवसायले एक पछि अर्को छलाङ्ग मार्दे संसारको सबैभन्दा ठूलो इकर्मस बनेको छ । उनी ५८ वर्षका भएका छन् ।

५.बिल गेट्स : धेरै वर्षसम्म संसारका सबैभन्दा धनी मानिसको ताज पहिरिएर बसेका बिल गेट्स हाल विश्वका धनी व्यक्तिको सूचीमा पाँचौ स्थानमा आएका छन् । माइक्रोसफ्ट नामक सफट्वयर कम्पनी खोलेका बिल गेट्सको हालकोे कुल सम्पत्ती १०५.२ बिलियन डलर रहेको छ । उमेरले ६६ वर्षका बिल गेट्स अमेरिकाका स्थायी बासिन्दा हुन् ।
६.वारेन बफेट : सेयर बजारका जादुकर भनेर चिनिने वारेन बफेट संसारका धनाढ्यको छौटौँ नम्बरमा छन् । ११ वर्षको उमेरदेखि सेयरमा लगानी गरेका वारेन बफेट एक सफल र अनुभवी लगानीकर्ता भनेर चिनिन्छन् । उनले सधैँ लामो समयका लागि फन्डामेन्टल विश्लेषण गरेर लगानी गर्ने गर्छन् । उनको हालको कुल सम्पत्ति ९७.५ बिलियन डलर छ । हाल उनी ९२ वर्षका भए ।

७. ल्यारी इलिनसन :प्रसिद्ध सफ्टवेयर कम्पनी वराकलका फाउन्डर ल्यारी इलिनसन अमेरिकामा बसोबास गर्छन् । संसारका धनाढ्यहरूमा उनी सातौ नम्बरमा पर्छन् । ९७.३ बिलियन डलर सम्पति भएका ल्यारी इलनसन उमेरले ७८ वर्ष भएका छन् ।

८.मुकेश अम्बानी : इन्डियामा बसोबास गर्दै आएका रहिस मुकेश अम्बानी आफ्नो आलिसान घर र आफ्नी श्रीमती निता अम्बानीको विलासी शोकबाट परिचित छन् । उनले २७ बिलियन डलर प्रयोग गरेर बनाएको एन्टिलिया पनि प्रसिद्ध छ । उनी संसारको धनी मानिसहरुको सूचिमा ८ नम्बरमा आउँछन् उनको हाल कुल सम्पत्ती ९१.४ बिलियन डलर छ । उनको लगानी टेलिकमदेखि पेट्रोलियम पदार्थलगायतमा छरिएको छ ।

९.ल्यारी पेज :गुगलका संस्थापक ल्यारी पेज संसारका धनाढ्यको सूचीमा ९ नम्बरमा छन् । विश्वमै अत्याधिक प्रयोग गरिने सर्च इन्जिन गुगलको योजनाकार हुन् । अमेरिकामा बसोबास गर्ने ल्यारी पेजको कुल सम्पती ८९.० बिलियन डलर रहेको छ । अहीले उनी उमेरले भर्खर ४९ वर्ष भएका छन् ।

१०. सर्गे ब्रिन : ल्यारी पेज सँगै मिलेर गुगलको स्थापना गरेका सर्गे ब्रिन संसारका धनी मानिसको सूचिमा १० नम्बरमा पर्छन् । उनको कुल सम्पत्ति ८५.४ बिलियन डलर रहेको छ । उनको ८५.४ बिलियन डलर सम्पत्ती रहेको छ । उनी पनि उमेरले ४९ वर्षमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१