रोपनी, धुर, आना र कट्ठामा झुक्किनु हुन्छ ? नेपालमा प्रचलित जग्गा मापन सम्बन्धी जान्नैपर्ने कुराहरू !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०८१, सोमबार ०५:५२

काठमाडौं । सामान्यतया जमिनका विविध एकाइहरूको बारेमा हामीले सुन्दै आएका छौं । तपाईलाई त थाहा नै हाेला जमिनलाई आना, बिगा, रोपनी र पैसा लगायतका आधारमा एकाइ वर्गीकरण गरिएको हुन्छ । बोलिचालीको भाषामा यी एकाइहरूको प्रयोग त हुन्छ तर कतिपयलाई यस्ता एकाइहरूमा केकति जमिन हुन्छ भन्ने जानकारी नहुन पनि सक्छ । यदि तपाईं पनि जग्गाको मापनमा प्रयोग हुने गरेका विभिन्न एकाइलाई लिएर अल्मलिनु हुन्छ भने, हामी आज यसै सम्बन्धमा कुरा गर्दैछौँ ।

जग्गाकाे मापन पहिले र अहिले
जग्गा मापनको परम्परागत तरिका हेर्ने हो भने कनुवा, अंगुली, बित्ता, कोस जस्ता एकाईकाे प्रयोग हुने गर्दथ्यो । हाल नेपालमा जग्गाको मापनका लागि धुर, पैसा, आना, रोपनी, कठ्ठा, बिगा/बिगाहा, हेक्टर जस्ता एकाइहरू प्रचलित छन् । यसमा पनि भूगोलका आधारमा फरकफरक एकाइले जग्गाको मापन गरिन्छ । तराई भेगमा बिगाहा, कठ्ठा र धुरमा जग्गा नाप्ने प्रचलन छ, भने पहाडी भेगमा रोपनी, आना, पैसा आदि एकाइको प्रयोग गरिन्छ । राजधानीमा भने आना र पैसालाई नै प्रमुख एकाइको रुपमा लिन थालिएको छ ।

काठमाडौंमा प्रयोग हुने जग्गा मापनको तरिका तराईका लागि अनुकूल नहुनसक्छ । खासगरी घर जग्गा खरिद बिक्री गर्दा यी एकाइहरूको बारेमा जानकारी नहुँदा दीर्घकालीन नोक्सानको शिकार बन्ने सम्भावना हुन्छ ।

क्षेत्रफलका आधारमा जग्गाको एकाइ कति हुन्छ त!
१ बिगाहामा १३ रोपनी जमिन पर्छ, जसको क्षेत्रफल ७२९०० वर्गफिट हुन्छ । त्यस्तै १ रोपनीमा १६ आना जमिन हुन्छ, जसको क्षेत्रफल ५४७६ वर्गफिट हुन्छ । त्यसैगरी १ आनामा जमिन बराबर ४ पैसा हुन्छ, जसको क्षेत्रफल ३४२ वर्गफिट हुन्छ र १ पैसामा ४ दाम जमिन हुन्छ जसको क्षेत्रफल ८५ १ /२ वर्गफिट हुन्छ ।

तराईमा जग्गा मापनको तरिका कस्तो छ त!
१ बिगाहा जमिन बराबर २० कठ्ठा हुन आउँछ, जसको क्षेत्रफल ७२,९०० वर्गफिट हुन्छ । पहाडी भेगमा १३ रोपनी भन्नु र तराईमा २० कठ्ठा भन्नु एउटै हो । त्यस्तै १ कठ्ठा बराबर २० धुर हुन आउँछ र क्षेत्रफल ३,६४५ वर्गफिट हुन्छ । धेरैको मनमा द्धिविधा हुनसक्छ धुर भनेको आना भन्दा सानो एकाइ हो कि ठुलो भनेर । धुर आना भन्दा सानो एकाइ हो । १ धुरमा १६ दशमलव ९३ मिटर स्क्वाएर (१८२.२५ वर्गफिट हुन्छ । यता १ आनामा भने ३४२ वर्गफिट हुन्छ ।

तालिकाबद्ध जानकारीः
एकाइ एकाइ क्षेत्रफल
१ विगाहा १३ राेपनीकाे = ७२९०० वर्गफिट
१ राेपनी १६ आनाकाे = ५४७६ वर्गफिट
१ आना ४ पैसाकाे = ३४२ वर्गफिट
१ पैसा ४ दाम = ८५ १ /२ वर्गफिट
१ विगाहा २० कठ्ठा = ७२९०० वर्गफिट
१ कठ्ठा २० धुर = ३६४५ वर्गफिट
१ धुर १६ दशमलव ९३ मिटर स्क्वाएर = १८२.२५ वर्गफिट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१