भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०८१, आईतवार ०५:३९

काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । भदौ महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.५३ प्रतिशत कायम गरिएको छ । साउन महिनामा औषत मुद्दती निक्षेप व्याजदर ६.७४ प्रतिशत रहेको थियो । साउन महिनाको भन्दा भदौमा ब्याजदर ०.२१ विन्दुले घटेको हो ।

कूल २० वटा बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । ६ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ ।

भदौं महिनाका लागि नेपाल बैंकले ५.२५, कृषि विकास बैंकले ६.०६, राष्ट्रिय बाणिज्य बैंकले ६.०७, प्रभु बैंक र एभरेष्ट बैंकले ६.१ ब्याजदर कायम गरेका छन् । त्यसैगरी सानिमा बैंकले ६.२, ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंकले ६.२५, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, भदौ महिनाका लागि कुमारी बैंकले ६.७१, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकको ब्याजदर ७ प्रतिशत, एनएमबी र एनआईसी एशियाको ७.४१ प्रतिशत व्याजदर कायम गरिएको छ ।

त्यस्तै, प्राइम कमर्शियल बैंकको ब्याजदर ६.७५ कायम गरिएको छ । प्राइमले साउनको तुलनामा ०.२५ प्रतिशत व्याजदर बढाएको हो । अघिल्लो महिनाकै व्याजदरलाई निरन्तरता दिने बैंकहरुमा हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, ग्लोबल आईएमई र लक्ष्मी सनराइज रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१