डा. अनिल भट्टराईको नेतृत्वमा ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफलताका साथ सम्पन्न, आमा र बच्चा दुवै स्वस्थ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८१, शुक्रबार ०५:५०

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफलताका सम्पन्न भएको छ । अहिले आमा र दुवैको स्वास्थ्य राम्रो रहेको छ ।

नगरकोटकी २२ वर्षीया गर्भवती महिलाको मुटुबाट निस्किने नशा फुटेको (Ascending aortic aneurysms and Dissections) जटिल अवस्थामा आफूहरुले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको डा. भट्टराईले जानकारी दिए ।

उनले भने,‘उहाँको मुटुको नशा (Aorta) च्यातिनै लागेको अवस्था थियो, यही अवस्थामा यो अप्रेशन गरिएको हो । केही समय ढिला भएको भए आमा र बच्चा दुवैको ज्यान जानसक्ने थियो । सुरुमा स्त्रीरोग विशेषज्ञहरुले बच्चा निकालेपछि मेरो नेतृत्वमा आमाको मुटुको शल्यक्रिया गरेको हो ।’

चार दिनअघि गरिएको उक्त शल्यक्रिया अहिले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको डा. भट्टराईले जनाए । यस्तो शल्यक्रिया विश्वमा नै जटिल र उच्च जोखिमयुक्त मुटुको शल्यक्रिया मानिन्छ । यो शल्यक्रिया गर्दा ६ घण्टा समय लागेको थियो ।

शल्यक्रियाको टिममा कार्डियाक सर्जरीबाट डा. भट्टाईसँगै डा. रवि बराल, डा. प्रभात खकुराल थिए । उता, गाईनोको टिमबाट डा. सुनिती रावल, डा. पूजा पौडेल र डा. संयुक्ता राजभण्डारी थिए । यस्तै, एनेस्थेसियाको टिममा भने डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ र डा. अर्जुन गुरुङ थिए । पर्फुयुजनमा महेन्द्र भट्टको योगदान थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१