प्राज्ञिक विद्यार्थी परिषदद्वारा गोकर्णेश्वरको ओख्रेनी र बालसुधार माविमा शैक्षिक सामग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८१, बिहीबार ०५:३५

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँको सुन्दरीजलमा रहेको श्री ओख्रेनि मावि र श्री बालसुधार माविलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा नयाँपाटीस्थित बालसुधार मावि र सुन्दरीजलको ओख्रेनी माविका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीका अनुसार १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने तयारी रहेको छ । परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मावि र बालसुधार माविबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेको छ ।

उक्त वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर सान्नानी लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद पंगेनी, सेवा र विकासका लागि युवाका बागमती प्रदेशका उपाध्यक्ष डा. प्रेमराज न्यौपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वी जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गोकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि माविका प्राचार्य देवराज भट्टराई, बालसुधार माविका प्राचार्य हेमराज घिमिरेलगायत वडा सदस्यहरू, विद्यार्थी कल्याणकारी कोषका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गरेका थिए ।

प्रतिक्रिया