डाक्टरले उमारे मान्छेको छातिमा टाउको…(फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १३:४१
चिकित्सा पद्धतिले पनि ठूलै फड्को मारिसकेको छ । हुँदा हुँदा अब डाक्टरहरुले मान्छेको छातिमा टाउको उमार्न सक्ने भएका छन् ।हो, चीनमा भएको छ यस्तो । एकजना चिनिया पुरुषको देब्रे छातिमा डाक्टरहरुले टाउको उमारिदिएका छन् जुन अहिले बास्केटबल आकारको भैसकेको छ ।


करेन्ट लागेर नराम्रोसँग जलेर घाइते भएका यान जिनबिन नामका पुरुषको छातिमा मासुको नयाँ डल्लो बढाइदिएका हुन् डाक्टरहरुले । करेन्ट लागेर डढेपछि उनको नाक तथा दायाँ आँखा समेत गुमेको थियो । डढेर कुरुप भएको उनको अनुहारमा प्रत्यारोपण गर्नका लागि नयाँ अनुहार उत्पादन गर्नका लागि डाक्टरहरुले उनको देब्रे छातिमा टाउको फलाइरहेका छन् ।
चीनको लियाओनिङ प्रान्तस्थित शेनयाङ अस्पतालका डाक्टहरुले ६ महिनाअघि ती पुरुषको अनुहारलाई पूर्ववत रुप दिनका लागि उनको छातिमा नयाँ अनुहार उत्पादन गर्ने विस्तृत पद्धति सुरु गरेका थिए । त्यसपछि उनको छातिमा विशेष सुइमार्फत सलाइन पानी दिएर छाला उक्साइएको थियो ।
अहिले उक्त छाला यस्तो विन्दुसम्म फैलिसकेको छ की प्लास्टिक सर्जनहरुले त्यसमा नयाँ अनुहारको आकृति कुँद्न सक्छन् । अब यानका लागि नयाँ अनुहार सिर्जना गर्न सकिने आशा पलाएको डाक्टरहरुले बताएका छन् ।chest head 2
विशेष विधिबाट त्यो डल्लोलाई अनुहारको आकारमा ढालिँदैछ । अब अर्को चरणमा त्यसलाई झिकेर उनको विकृत अनुहारमा प्रत्यारोपण गरिनेछ ।
यो सबै पद्धतिलाई विभिन्न ५ वटा जटील चरणमा विभाजन गरिएको डाक्टरहरुले बताएका छन् ।
पबिहयले दुइ चरणमा यानका लागि नयाँ नाकको निर्माण गरिनेछ । नयाँ नाक बनाउनका लागि करङको कुरकुरे हाड र नयाँ सिर्जना गरिएको छालाको प्रयोग गरिनेछ ।
तेश्रो चरणमा नयाँ रक्तनली तथा धमनीहरुको विकाश गरिनेछ ।
चौथो चरणमा अनुहार प्रत्यारोपण गरिनेछ भने पाँचौ चरणमा यानको प्रत्यारोपित अनुहारलाईर् अन्तिम साजसज्जा गरी यानको अनुहारलाइ पूर्णरुप दिइनेछ ।
यो सबै चरण पूरा गर्न कम्तिमा दुइ वर्ष लाग्ने डाक्टरहरुले बताएका छन् ।
स्मरण रहोस् यसअघि पनि चिनिया डाक्टरहरुले एक किशोरीको स्तनमा नयाँ अनुहार सिर्जना गरी उनको अनुहारमा प्रत्यारोपण गर्न सफल भएका थिए ।

chest head 3 chest head

source:onlinekhabar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१