राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा)को १० औं बार्षिकोत्सव भब्य रुपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०८१, आईतवार ०६:२४

काठमाण्डौँ ।  नोजाको दशौ बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ । माकलबारी स्थित जया मल्टिपल क्याम्पसको सभा हलमा राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाका संस्थापक अध्यक्ष मुकुन्द कुमार ढुंगानाको अध्यक्षमा सम्पन्न कार्यक्रको प्रमुख अतिथिको रुपमा बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले आतिथ्यता ग्रहण गर्नु भएको कार्यक्रमलाई नोजाका संस्थापक सल्लाहकार तथा शिक्षाविद् भवानी प्रसाद पौडेलले आफ्नो मौलिक विचार सहित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा  उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवार, गोकर्णेश्वर नगरपालिका वडा नं ४का पुर्व वडाध्यक्ष श्रीकुमार श्रेष्ठ, सहिद पार्क ब्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, बरिष्ठ समाजसेवी उक्तम पुडासैनी, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, संचार ब्यवसायी राजकुमार हुमागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मन्त्री विमल ठकुरीले ब्यानरको ब्यहोरा बाचन गर्दै गमलामा जलार्पण गरी कार्यक्रमको औपचारिक शिलान्यास गर्नुभएको थियो । हरेक बर्ष प्रदान गरिने नोजा पत्रकारिता अवार्ड को रु ११,१११ धनराशी सहितको पुरस्कार बरिष्ठ पत्रकार झरना अधिकारीलाई प्रदान गरिएको थियो भने यस पुरस्कारका लागि जया फाउन्डेसनले सहजीकरण गरेको थियो ।

त्यस्तै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत नोजाले उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्षलाई पर्यटन क्षेत्रको योजदानको मुल्यांकन गर्दै सम्मान प्रदान गरेको थियो ।

त्यस्तै समाजसेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उत्तम पुडासैनीलाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै गरी शिक्षा क्षेत्रमा सिर्जनशील र उत्कृष्ट योगदान दिए बापत युरो किड्स बुढानिलकण्डकी प्रिन्सिपल रिंकु ढकाललाई सम्मान प्रदान गरिएको थियो।

त्यस्तै सफल महिला उद्यमीको रुपमा महिला उद्यमी विनिता रावललाई सम्मान प्रदान गरिएको थियो।

युवा तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत विकास सुनुवारलाई सम्मान प्रदान गरिएको थियो

त्यस्तै गरी युवा उद्यमशीलताको क्षेत्रमा ठोस योगदान दिएवापत छेवागं नुर्पु शेर्पालाई सम्मान प्रदान गरिएको थियो, त्यस्तै गरी  पत्रकारितामा उत्कृष्ठ योगदान दिएबापत नेपाल अमेरिका प्रेस क्लवका सदस्य  बिजय रावललाई सम्मान प्रदान गरिएको थियो, त्यस्तै गरी फोटो पत्रकारितामा उत्कृष्ट कार्य सम्पादन गरे वापत कुमार जुग्जालीलाई सम्मान प्रदान गरिएको थियो, त्यस्तै गरी पर्यटन पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत शान्ति नेपाल मिडियाका अध्यक्ष राजकुमार हुमागाँइलाई सम्मान प्रदान गरिएको थियो ।

भने धर्म गुरु प्रकाश भुजेललाई धार्मिक पर्यटन विकासमा उत्कृष्ट योगदान दिए बापत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको उत्तरार्धमा बक्ताहरुले पर्यटनको विकासका लागि अनलाईन मिडिया तथा अनलाइन पत्रकारको अति महत्वपूर्ण भूमिका रहने बताउँदै जिम्वेवार र मर्यादित भएर समाचार लेखन,सम्पादन तथा सम्प्रेणष गर्नलाई शुझाव दिएका थिए ।


प्रमुख अतिथिको तर्फबाट आफ्नो विचार ब्यक्त गर्नुृहुँदै बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रीले बागमती प्रदेशका १३ वटै जिल्लाको समग्र पर्यटन विकासका लागि पत्रकार, ब्यवसायी, नागरिकसंग हातेमालो गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता जाहेर समेत गर्नु भयो भने नोजाको आगामी कार्यक्रम थप प्रभावकारी तवरले संचालन गरी क्षेत्रगत विज्ञ र सरोकारवालाहरुसंग अन्तक्र्रिया सहितको सत्रहरु संचालन गरिने जानकारी अध्यक्ष मुकुन्द ढुंगानाले दिनुभएको थियो भने कार्यक्रमलाई संयोजन द्रोण पराजुलीले गर्नुभएको थियो ।

स्मरण रहोस् नोजा अनलाईन मिडियाको विकास र अनलाईन पत्रकारको हकहितमा कार्य गर्दै आएको एक दशक पुरानो संस्था हो ।

                

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१