हिमाञ्चल ,टिना, सिमरन र आर्यन बने ‘फेस अफ नेपाल -२०२४’ को विजेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०८१, आईतवार ०५:५३

काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को विजेता हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द बनेका छन् । बिहीबार काठमाडाैंकाे होटल याक एण्ड यतिमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका हुन् ।

एमएस प्रोडक्सन नेपालले आयोजना गरेकाे फेस अफ नेपालमा २१ जना प्रतियोगीहरू सहभागी रहेका थिए । जसमध्ये ६ जना महिला र ६ जना पुरुष गरी जम्मा टप ६ मा १२ जना छनोट भएका थिए । छनोट भएका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै टिना, सिमरन, हिमाञ्चल र आर्यन विजयी बन्न सफल भएका हुन् । फिनालेमा जजको मूल्यांकन र भोटिङबाट ४ जना विजेता घोषणा भएको एमएस प्रोडक्सन नेपालकी अध्यक्ष मेनुका माझीले बताइन् ।

फेस अफ नेपालका विजेताहरूले अवार्ड, प्रमाण पत्र साथै नगदसमेत गरी करिव २० लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएका छन् । अध्यक्ष माझीले विजेताहरूलाई शुभकामना दिँदै आगामी यात्रामा अझ सक्रिय भई लाग्नु पर्ने बताइन् ।

फेस अफ नेपालका यस वर्षको विजेताहरू प्रतिस्पर्धाको लागि दक्षिण कोरियामा हुने ‘एसिया मोडल फेस्टिभल’ सहभागी हुँदै छन् । उक्त कार्यक्रम कोरियामा अगामी नोभेम्बरमा हुँदैछ ।

सातवटै प्रदेशमा अडिसन गरी छनोट भएका प्रतियोगिहरुलाई मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ मा समावेश गरिएको थियो । छनोट भएकालाई देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिमसमेत दिइएको थियो । मोडलिङ क्षेत्रमा लागेकाहरूको सारथि बनेको यस कार्यक्रम आगामी दिनमा थप सुदृढ बनाइ अगाडि बढ्ने अध्यक्ष माझीले बताइन् ।

दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर सन् २०१६ देखि मोडल हन्ट ’फेस अफ नेपाल’ नेपालमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१