पासाङलाई शेर्पा पर्यटन व्यवसायीहरुको तर्फबाट अध्यक्षको साझा उम्मेद्धार बनाउने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०८१, बिहीबार ०५:५०

काठमाडौं । ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचन–२०२४ मा सिंगो शेर्पा पर्यटन व्यवसायीहरुको तर्फबाट सफल पर्यटन व्यवसायी पासाङ शेर्पालाई अध्यक्षको उम्मेद्धार बनाउने घोषणा गरिएको छ । शेर्पा पर्यटन व्यवसायी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको बृहत शेर्पा पर्यटन व्यवसायी भेलाबाट सर्बसम्मत रुपमा निर्णय गर्दै यस्तो घोषणा गरिएको हो ।

संघको महासचिवसमेत रहनुभएका शेर्पा माउन्टेन शेर्पा ट्रेक्सका प्रबन्ध निर्देशक हुन् भने टानको पूर्वसचिव तथा पर्यटन सम्बद्ध विभिन्न संघसंस्थामार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

करिब एक सय जना विशिष्ट शेर्पा पर्यटन व्यवसायी सहभागी रहेको उक्त भेलाबाट शेर्पा पर्यटन व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि शेर्पा पर्यटन व्यवसायीका तर्फबाट टानको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि पासाङ शेर्पासँगै उपाध्यक्ष पदमा संघका द्वितीय उपाध्यक्ष सनम शेर्पा, महासचिव पदमा संघकी केन्द्रीय सदस्य सोनाम याङ्जी शेर्पा, कोषाध्यक्ष पदमा टानका वर्तमान कार्यसमिति सदस्य लाक्पा शेर्पा र संघका संस्थापक उपाध्यक्ष मिङ्मार शेर्पालगायतलाई सदस्य पदमा उम्मेद्धार बनाउने सर्वसम्मत निर्णय सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि आगामी अगस्ट २०२४ मा टानको चुनाव हुँदैछ । चुनावको मिति घोषणा भएसँगै शेर्पा समुदायबाट ककसले उम्मेद्धारी देलान् भन्ने चर्चा परिचर्चा भइरहेको बेला संघले यस्तो घोषणा गर्नुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।

संघका अध्यक्ष संगम शेर्पाले टान लगायत अन्य पर्यटन सम्बद्ध संस्थाहरूमा शेर्पा पर्यटन व्यवसायीको नेतृत्व सुनिश्चित गर्न शेर्पा पर्यटन व्यवसायी संघ एकजुट भई अघि बढ्ने कुरामा कुनै दुविधा नभएको बताउनुभयो ।

भेलामा विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य एवं नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहनुभएका बेल्जियमका लागि नेपालका लागि मानार्थ महादुत आङछिरिङ शेर्पा, टानका पुर्वप्रथम उपाध्यक्ष कामी रिन्जी शेर्पा, पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, नेपाल पर्यटन बोर्डका पुर्व सदस्य ङवाङ् ङिमा शेर्पा, आदिवासी जनजाती पर्यटन महासंघका सभापति सोनाम जि. शेर्पा, शेर्पा पर्यटन व्यवसायी संघका पुर्व उपाध्यक्ष फुरी जि. शेर्पा, टानका पुर्व केन्द्रीय सदस्य वाङ्छु शेर्पासँगै शेर्पा पर्यटन व्यवसायी संघसँग आबद्ध शेर्पा पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

उक्त भेलामा नेपाली पर्यटन, पर्वतारोहण क्षेत्रमा शेर्पा पर्यटन व्यवसायीहरुको भूमिका, नेपाल र हिमाललाई विश्व माझ चिनाउनमा शेर्पाहरुले खेलेको भूमिका, शेर्पा समुदायले नेपाली आतिथ्य तथा पर्यटन क्षेत्रलाई निस्वार्थ रुपमा पुर्याइरहेको योगदान, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको उच्च जोखिम र त्यसले पारिरहेको नकारात्मक असर, टानलगायतका पर्यटकीय संघ संस्थाहरूको नेतृत्वमा शेर्पा व्यवसायीले प्रतिनिधित्व लगायतका विषयमा छलफल भएको थियो ।

भेलामा बोल्न वक्ताहरुले शेर्पा समुदायको बृहत्तर हितका लागि शेर्पा पर्यटन व्यवसायीहरु एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१