यस्तो अवस्थामा फेला पर्‍यो एयर डाइनेस्टीको दुर्घटनाग्रस्त हेलिकप्टर (तस्विरहरु)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०८१, बिहीबार ०५:२५

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीकफ हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट त्रिशूली उडेको एयर डाइनेस्टीको ९-एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा सवै ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । क्याप्टेन अरुण मल्लले सो हेलिकोप्टर उडाएका थिए । त्यसबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

तस्विर: नेपाल प्रहरी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१