नेपाल प्रहरीका ४ एआईजीको सरुवा, सीआईबीमा दीपक थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०८१, बुधबार ०५:४४

काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् । मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको १५ साउनको बैठकको निर्णयअनुसार थप दुई जना सचिवको सरुवा गरेको छ भने कानुन समूहका दुई सहसचिव सचिवको पदस्थापनको निर्णय पनि गरेको छ ।

सहसचिव आलोकचन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ । सहसचिव परस्वर ढुंगाना नेपाल बढुवा भएर कानुन आयोगको सचिव पदस्थापन भएका छन् ।

आयोगका सिफारिसमा कानुन सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको छ ।

न्याय सेवा अन्तर्गतका कानुन समूहका सचिवहरुलाई न्याय सेवा आयोगको निर्णयबाट सरुवा तथा बढुवा सिफारिस गरिन्छ । कानुन, न्याय तथा संदीय मामिलामन्त्रीले मनित्रपरिषद बैठकमा प्रस्ताव लगेर निर्णय भएपछि निर्णय कार्यान्वयन हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१