मधेशका मुख्यमन्त्री सिंहले बनाए अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद, थपिए ५ राज्यमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०८१, बुधबार ०५:३५

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै मधेश सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । यो मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकारको बनेको हो । मधेशमा मन्त्रालयको संख्या भने १२ रहेको छ ।

आज एमाले, कांग्रेस, जनमत र लोसपाबाट राज्यमन्त्रीहरु नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१